आँपचौर महिला समाज र लायन्सको रक्तदान सम्पन्न

| 2023 Jul 01 | 05:08 pm 3745

काठमाडौं, असार १६ । मुसीकोट नगरपालिका आँपचौर, गुल्मी स्थायी घर भई काठमाडौं उपत्यकामा बस्ने आँपचौरे महिलाहरुको छाता संगठन गुल्मी आँपचौर काठमाडौं महिला समाज र लायन्स क्लव अफ काठमाडौं देउराली दियोको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष विष्णु भुसाल र समाजकी अध्यक्ष जमुना खरेलको विशेष उपस्थितीमा सम्पन्न रक्तदान कार्यक्रममा एकसय जना दाताले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमपछि महिला समाजकी अध्यक्षले वर्षायाममा विरामीको चाँप बढ्ने र रगतको अभाव हुने कुरालाई मध्यनजर राख्दै सामाजिक दायित्व अनुसार कार्यक्रम राखेको बताइन् ।

लायन्सका अध्यक्ष विष्णु भुसालले मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान गर्ने दानवीरलाई धन्यवाद दिंदै क्लवले यस अघि पनि यस्ता दर्जनौ सामाजिक काम गर्दै आएको बताए । बसुन्धराको दियालो फुडल्याण्डमा भएको कार्यक्रममा रक्तदान गर्ने दातालाई अध्यक्ष जमुना खरेल र विष्णु भुसालले प्रमाण पत्र प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.