अस्पतालमा लडेर एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Apr 18 | 04:02 pm 1329

अर्घाखाँची,बैशाख ५ः  जिल्ला अस्पताल अर्घाखाँचीमा लडेर गम्भीर घाइते भएका एक जनाको बुटवलमा मृत्यु भएको छ।

छत्रदेव गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय रोमकान्त लामिछाने लडेर बेहोस भएपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएकोमा लामिछानेलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

मिर्गि रोगले पीडित लामिछाने बल्कोटमा लडेपछि उपचारका लागी जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको थियो। उनी फेरी अस्पतालमै लडेपछि बेहोस भएका थिए। टाउको र ढाडमा गम्भीर चोट लागेपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य समेत रहेका लामिछानेलाई चिकित्सकले सोमवार मृत घोषणा गरेको रास्वपाका जिल्ला संयोजक हरिप्रसाद भुसालले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.