अस्पतालको एम्बुलेन्स संचालनमा नआउँदा सेवाग्राही मारमा

| 2021 Mar 17 | 06:21 pm 2533

  • महेश सिंह

सिरहा, चैत ४ः सिरहाको लहान अस्पतालमा रहेको एम्बुलेन्स संचालनमा नआउँदा स्थानीय सेवाग्राही मारमा परेका छन्। समाजिक बिकास मन्त्रालय प्रदेश २ ले झण्डै दुई महिना अगाडी नै एम्बुलेन्स र शव बहान राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानलाई हस्तान्तरण गरेको थियो।

No description available.

स्थानीय सेवा ग्राहिलाई सहजै सेवा प्रदान होस भन्ने उद्देश्यले मन्त्रालयले अस्पताललाई एम्बुलेन्स र शव बहान दिएको हो । करिब ४० बर्ष अगाडिदेखि अस्पताल संचालनमा आएको हो ।अस्पतालको पूर्व मेसु डाक्टर शुलिल प्रसाद कुशवाहाले कार्यरत रहँदा एम्बुलेन्स र सब बहानको प्रकृया अगाडि बढाई मन्त्रालयसंग एम्बुलेनस र शव बहान गाडी माग गरेका थिए।

उनले मागको प्रकृया अगाडि बढाएको केही महिना लगत्तै डाक्टर कुशवाहा कलैया अस्पतालमा सरुवा भएको थियो। सरुवा भएको एक महिना नबित्दै मन्त्रालयले एम्बुलेन्स र शव बहान पठाएको हो। डाक्टर कुशवाहा सरुवा भए लगत्तै अर्को मेसु डाक्टर बिरेन्द्र कुमार मण्डल कलैया अस्पतालबाट सरुवा भई लहान अस्पतालमा आएका थिए।

नयाँ मेसु र नयाँ अस्पताल बिकास समितिका अध्यक्ष रोहित महतो लगायतका सदस्यहरुलाई अस्पतालको अझ प्रभावकारी सेवा सुधार र अस्पताल बिकासको र अस्पतालको स्तर उन्नती, राम्रो ब्यबस्थापनको लागि पठाएका थिए । तर त्यसको उल्टो भएको स्थानीयको आरोप रहेको छ।

No description available.

अस्पतालको मेसु लगायत बिकास समितिका अध्यक्ष, सदस्य अस्पतालबाट सेवा सुबिधा मात्र लिने गरेको तर, अस्पताल बिकासमा केही चासो नरहेको र एम्बुलेन्स र शव बहान संचालन नहुँदा बाहिरी एम्बुलेन्सहरुले फाईदा लिने गरेको स्थानीयको भनाई छ ।

अस्पतालमा राम्रो ब्यबस्थापन नहुँदा नर्मल बिरामिहरुलाई लहानका अधिकान्स निजि अस्पताल र बिराटनगरका अस्पतालमा बिरामी पाठाउनु पर्ने बाध्यता रहेका अस्पतालका एक स्वास्थ्यकर्मिले बताए ।

स्वास्थ जस्तो संबेदनशिल संस्थामा यस्तो घिन लाग्दो क्रियाकलापहरु हेर्दा स्थानीयहरुको मन खिन्न हुने गरेको छ। यता मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डलका अनुसार एम्बुलेन्स र शव बहान त मन्त्रालयले पठाईयो तर गाडीमा काम बाँकी नै रहेको छ, त्यो कामको लागि गाडीलाई ग्यारेजमा पठाएको र अस्पतालमा केही कर्माचारी पदपूर्ति र एम्बुलेन्स र शव बहान चालकका पदपूर्तिका लागि बिज्ञापन गरी सकिएकोले छिटै नै संचालनमा ल्याउने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.