काठमाडौं, असोज २। पृथ्वी राजमार्गको नाैविसे-मलेखु सडक खण्ड अन्तरगत धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोलासम्म सडक विस्तारको काम चलिरहेकोले असोज ४ गतेदेखि २० गतेसम्म रातिको समयमा चार घण्टा बन्द रहने भएको छ ।
सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द रहने छ । यो अवधिमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको छ ।
