असारमा मात्र एक खर्ब १६ अर्ब रुपैयाँ खर्च

रिपोर्ट नेपाल | 2020 Jul 17 | 08:06 am 2350

काठमाडौं, साउन २ः आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना असारमा मात्रै चालु बजेटको एक खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको छ। अघिल्ला महिनामा भएको खर्चसँग तुलना गर्दा असारको खर्च अस्वाभाविक र मनपरी रुपमा गरेको देखिन्छ।

सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १ सम्म चालु खर्च ६ खर्ब ७० अर्ब रुपैयाँ थियो। असार ३१ मा आउँदा यो खर्च ७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। एकै महिनामा गरिएको एक सय १६ अर्ब रुपैयाँ खर्च जेठसम्म भएको खर्चको तुलनामा १७.३१ प्रतिशत हो। असारमा मात्र होइन अन्य महिनाको तुलनामा जेठमा पनि खर्च ९८ अर्ब रुपैयाँ भएको छ।

असारमा खर्च भएको कुल एक खर्ब १६ अर्ब रुपैयाँमध्ये पछिल्ला १० दिन (असार २१ देखि ३१ सम्म) को मात्र खर्च ५१ अर्ब रुपैयाँ हो। यसले सरकारी कर्मचारीको मिलेमतोमा विनियोजित बजेट कसरी रित्याउने काम भएको छ भन्ने देखाएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.