काठमाडौं, जेठ ३०: सार्वजनिक यातायातको भाडा बढेकाे छ ।
बिहिबार यातायात व्यवस्था विभागले सार्वजनिक गरेकाे यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भाडा बढाउने निर्णय गरेको हो ।
उक्त निर्णायकाे कार्यान्वयन असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।