अष्ट्रेलियाको नक्कली भिषा बनाई लाखाैं ठगी गर्ने कन्सलटेन्सी संचालक पक्राउ

| 2023 Sep 26 | 05:30 pm 3169

काठमाडाैं, असोज ९ । बैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने भनी नक्कली भिषा बनाई ठगी गर्ने कन्सल्टेन्सी संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्घाखाँची घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने काठमाडाैंको शंखमुल स्थित रहेको Flying Tap Education and Immigration Consultant को सञ्चालक वर्ष ४५ को बिष्णु के.सीले पवनराज दाहाललाई वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा अष्ट्रलिया पठाईदिने भनी ठगी गरेका हुन् ।

उनले पिडीत दाहालबाट पटक पटक गरी १७ लाख ७९ हजार लिएर अष्ट्रेलियाको नक्कली भिषा बनाई जानको लागि विमानस्थलसम्म पुर्याएका थिए । विमानस्थलमा अध्यागमनले भिषा चेकजाँच गर्ने क्रममा नक्कली भएको र आफू ठगिएको थाहा पाए । त्यसपछि उनले सम्बन्धित कार्यालयमा उजुरी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले के.सी.लाई खोजतलास गर्दा लाजिमपाटबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.