सिराहा, मंसिर १७ : अवैध रुपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याएको करिब १ लाख १३ हजार १ सय ९० रुपैयाँ बराबरको विभिन्न खाद्य सामाग्री र अगरबत्ती सहित भारत बिहार ग्राम पंचायत बेल्हा भाला सदर टोल रामसाला का १८ वर्षीय पंकज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा नगरपालिका-७ स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली नेपालतर्फ म्याजिक गाडीमा ल्याउदै गरेको अवस्थामा उक्त सामाग्री सहित यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन्।