अवैध लागूऔषधसहित सात जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 09 | 07:53 pm 1688

काठमाडौं, कात्तिक २३: अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट प्रहरीले सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै विराटनगर महानगरपालिका १६ बाट नियन्त्रित लागूऔषध डाइजेल्याब २० एम्पुल, लुप्रिजेसिक २० एम्पुल, एभिल २० एम्पुल र फेनारगन २० एम्पुल सहित सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने २० वर्षीय दिपेश महरालाई प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट नियन्त्रित लागूऔषध लुप्रिजेसिक ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल र प्रोमिथेजाइन हाईड्रो क्लोराइड ४९ एम्पुल सहित मोरङ बेलबारी नगरपालिका ७ कुस्मे टोल बस्ने २२ वर्षीय बिशाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै गुलरिया नगरपालिका ७ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ४ ग्राम २५ मिलिग्राम सहित गुलरिया नगरपालिका ७ कृष्णरसार टोल बस्ने २७ वर्षीय रोजन पुरी र मधुवन नगरपालिका २ ओरालीबजार बस्ने १९ वर्षीय दिनेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे ८ प ७८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका ८ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम, नगद ९ हजार रुपैयाँ र चक्कु १ थान सहित मधुवन नगरपालिका ५ बस्ने २० वर्षीय खगेन्द्र शाही र २२ वर्षीय सन्तोष थापालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे ७ प १७८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.