अवैध लागूऔषधसहित रुपन्देहीमा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 31 | 05:17 pm 1594

बुटवल, माघ १७: अवैध लागूऔषधसहित रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने रेनु बनियालाई रहेका छन् ।

लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले
सिद्धार्थनगर नगरपालिका १ स्थित तनहूँ होटलको कोठा नम्बर १ सय ३६ बाट दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनरागन, १ एम्पुल नुफिन लगायतका लागूऔषधका साथै बिभिन्न कम्पनीका ९ थान मोबाइल समेत बरामद गरेको हो ।

रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.