अवैध लागूऔषधसहित राय प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2021 Feb 06 | 09:01 am 2369

सर्लाही, माघ २४ः शुक्रबार सर्लाहीकाे कविलासी नगरपालिका ८ अगर्वाबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट बिशेष सुराकको
आधारमा खटिएको प्रहरी टोलिले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कविलासी नगरपालिका १० का ३० वर्षीय नन्द किशोर राय रहेका छन् । मलगंवाबाट नवलपुर तर्फ जादै गरेको BR30M0395 नंम्बरकाे मोटरसाइकललाई चेक-जाँच गर्दा सेतो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको लागूऔषक NITRAVET-10 लेखिएको ८० पत्ता गरी जम्मा १ हजार २ सय पिस ट्याव्लेट फेला पारी पक्राउ गरेकाे हाे ।

मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको सुचना अधिकृत प्रहरी निरीक्षक दिपक चोरवारले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.