अवैध लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

| 2019 Dec 21 | 04:22 pm 2003

कास्की, पुस ५: अवैध लागूऔषधसहित पोखराबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपेन्देही गैडहवा गाउँपालिका ८ का ३६ वर्षीय गौमती सुनार, सिदार्थनगर नगरपालिका १ बेकहिया का २६ वर्षीय प्रकाश पुन, भारत महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार का २८ वर्षीय महबुब आलम र सोही स्थानका ३४ वर्षीय बालेश्रर प्रजापती रहेका छन्।

कास्की प्रहरी टोलीले पोखरा २७ हमालचोकबाट उनीहरूलाई पक्राउ गरेको जानकारी दिए।

लागूऔषध कारोबार भइरहेको छ भन्‍ने विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूका साथबाट जेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा डाइजापाम २ सय एम्पुल, फेनेरागन २ सय एम्पुल र नुर्फिन २ सय एम्पुल गरी जम्मा ६ सय एम्पुल लागूऔषध प्रहरीले बरामद गरेको हो।

उनीहरूको साथबाट ११ हजार ४० भारतीय रुपैया र ३ हजार २ सय ४५ नेपाली रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाए।

पक्राउ परेका सबैजनामाथि लागूऔषधअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.