अवैध लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 17 | 09:14 am 1589

धनुषा, फागुन ५ । विदेह नगरपालिका-९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित महोत्तरी भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय अमर कुमार साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित थाहा नगरपालिका-८ देवीथान बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.