अवैध लागूऔषधसहित दुई जना पक्राउ

| 2020 Apr 27 | 08:22 am 1769

सिरहा, बैशाख १५ः जिल्लाको वरियारपट्टी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाँउपालिका ५ का १८ वर्षीय साबिर
अन्सारी रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज अन्सारीलाई डाईजोल्याब १५ बोतल, प्रमोथिन १५ बोतल, नुफिन ९ बोतल र १५ वटा नाईट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका निज अन्सारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनर्वाबाट एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही
महानगरपालिका २ का २१ बर्षीय सेख सफौज महमदलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज महमदलाई कोरेक्स १२ बोतल, सिम्लेक्स १६ वटा र नाईट्रोभेट ट्याब्लेट १५ वटासहित पक्राउ गरेको हो ।

पक्राउ परेका निज महमदलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.