अवैध लागूऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 14 | 05:07 pm 2209

मकवानपुर, बैशाख १ : हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित एक जनालाई प्रहरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–५ प्रष्टोकाका २६ वर्षीय बकु राय राजघर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जादै गरेको ना ५ ख ३९५२ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.