अवैध लागूऔषधसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 21 | 08:40 am 1233

काठमाडौँ, फागुन ९। उदयपुर, बेलका नगरपालिका-९ रामपुर बजारको झण्डा चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय निकेश पराजुलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.