अवैध लागूऔषधसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 18 | 09:52 am 1865

सर्लाही, चैत ५ः लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  मलंगवा नगरपालिका ८ का टेम्पो चालक ३५ वर्षीय दुखा राय रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहारी नायब निरीक्षक जितेन्द्र कुमार चौधरीको कमाण्डमा खटिएको गस्ती टोलीले बिशेष सुराकीको आधारमा ज.१ह.२८१४ न. को टेम्पो रोकी चेकजाँच गर्ने क्रममा टेम्पोको पछाडी यात्रु बस्ने सीट मुनी प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा Lupigesic एम्पुल- ९१ पिस, Phenergan एम्पुल-९३ पिस २७२ एम्पुल, Dixepam एम्पुल- ८८ पिस, नगद नेरु ४ हजार ५ सय र भारु २ सय ८० समेत फेला पारी नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

उक्त टेम्पो, लागूऔषाध र टेम्पो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको सर्लाही प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.