काठमाडौं , कात्तिक १४ : छुट्टा छुट्टै स्थान बाँके र काठमाडौंबाट लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । बाँके नेपालगंज उपमहानगरपालिका ३ हिरमनियाबाट भारत बहराइच रुपैडिया थाना बस्ने १८ वर्षीय साहरे आलमलाई लागूऔषध ८९ ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण क्षेत्रीय ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलिले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी आलमलाई पक्राउ गरिएको हो ।
त्यस्तै काठमाडौं टोखा बस्ने मोरङ बेलबारी नगरपालिका ८ का २७ वर्षीय सरोजकुमार थापालाई लागूऔषध चरेश १ सय २७ ग्राम, फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल, आइएसडी ९ थान, आइसिई जस्तो पदार्थ १.५ ग्राम, हाल नाम नखुलेको सेतो धुलो ५ सय ग्राम र १० हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २६ ठमेलमा बा.९४ प ३५४१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार थापाको साथमा उक्त लागूऔषध फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस बारेमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।