अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 30 | 05:41 pm 1726

काठमाडौं, कात्तिक १३ :  छुट्टाछुट्टै स्थान नवलपरासी र बाँकेबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी बर्दघाट नगरपालिका–८ भानुनगरस्थित सडकबाट सरावल गाउँपालिका २ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँ बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटलाई लागूऔषध फेन्साडिल १ सय एमएलको ५० थान, ईन्ट्राभेट ४ सय ५० ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित आज मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको गस्ती प्रहरी टोलीले युपी ५६ एए १८४१ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादव र केवटको साथमा उक्त लागूऔषध फेला परी पक्राउ गरको हो ।

त्यस्तै बाँके नेपालगंज उपमहानगरपालिका १५ स्थित जमुनाह चेक प्वाईन्टबाट दैलेख महाबु गाउँपालिका ३ बस्ने १८ वर्षीय मदन मल्ललाई लागूऔषध नाईट्रोभेट ६० ट्याब्लेट सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा खटिएको प्रहरीले भारतको रुपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका मल्ललाई शंका लागि जाँच गर्दा जिराको प्याकेटभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.