अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 03 | 07:42 pm 2161

तनहुँ, भदौ १८ः बुधबार साँझ तनहुँ व्यास नगरपालिका वडा नं ७ शेरा स्थित व्यास मार्ग सडकमा एकै स्थानमा भेला भएका एक समुहबाट अवैध लागूऔषध बरामद गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आशिष श्रेष्ठ, सन्तोष राणा र सन्तोष कार्की रहेका छन् । उनीहरु संकास्पद हिडिरहेको अवस्थामा देखेपछि तीनै जना भाग्ने प्रयास गरेकाले निजहरुलाई तत्काल नियन्त्रणमा लिएको थियो ।

तीनै जनाको शरिर खानतलासी गर्दा आशिष श्रेष्ठले लगाएको पाईन्टको गोजीमा प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा विभिन्न किसिमका लागूऔषध फेला परेको हुँदा उक्त दशीहरु कानुनी रितपुर्वक बरामद गरेको हो ।

उक्त लागूऔषध कारोबारमा संलग्न तीनै जनालाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराई आजै लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

त्यसैगरी मध्य रातमा खसी बोका चोरी गर्दै हिड्ने चार जनालाई चोरी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुमन नेपाली, भरत सुनार, सुमन कुमाल र रामचन्द्र पौडेल रहेका छन् ।

तनहुँ व्यास नगरपालिका वडा नं.१ मुसेखोलाका कमल बहादुर लुङगेलीको खोरबाट बोका र पाठी चोरी भएको भन्ने टेलिफोन मार्फत जानकारी प्राप्त हुनासाथ उक्त घटना स्थाल तथा चोरी गरी भाग्ने उम्कने बाटो समेतमा
खोजतलास गरिएको थियो ।

चोरी भएको बाख्रा बेचबिखन गर्नको लागि लैजादै गरेको अवस्थामा उनीहरुलाई बुधबार चोरी भएको खसी सहित फेला पारेको हो ।

चोरीमा संलग्न चारै जनालाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गराई आजै चोरी मुद्दामा म्याद थप अनुमती लिई थप अनुसन्धान गरिएको बताइएको छ ।

त्यस्तै बहु बिवाह मुद्दामा फरार व्यक्तिलाई १ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं.१२ सुपारेडाँडाकी ३४ वर्षीया बिष्णुमाया नेपाली रहेकी छन् ।

बहु विवाह मुद्दामा तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएकी नेपाली उपर तनहुँ जिल्ला अदालतको मिति २०७५ पुस १९ गतेको फैसलाले १ बर्ष ६ महिना कैद हुने गरी सजाय ठहर भएको थियो ।

उक्त कैद मध्ये १ बर्ष ५ महिना १३ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेकी नेपालीको खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ १७ गते बेलुकी घरमै फेला पारी  पक्राउ गरेको हो ।

उनीलाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.