अवैध लागूऔषध सहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 20 | 04:50 pm 1619

काठमाडौं, माघ ६ :  छुट्टाछुट्टै स्थान रुपन्देही र कपिलवस्तुबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकबाट कास्की पोखरा महानगरपालिका–७ घारिपाटनका २८ वर्षीय हेमबहादुर गुरुङलाई प्रतिबन्धित लागूऔषध नुर्फिन ३० एम्पुल, फेनेरागन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, नाईट्रोसन १० एम्पुल सहित आज आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कपिलवस्तु नगरपालिका–१ बहादुरगंज चोकबाट भारत रक्सौलका २६ वर्षीय ताहिर ‍अलि र कपिलवस्तु कृष्णनगर नगरपालिका–१ स्थित मजदुरी गरी बस्ने भारत घर भएका ३२ वर्षीय मोहमद आलम मुसलवानलाई लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ अन्दाजी ४० केजी सहित आज आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा उनीहरुलाई चेकजाँच गर्दा उनीहरुले बोकेको ३ वटा झोलामा ४ वटा प्लाष्टिकको ग्यालेनभित्र उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस विषयमा स्थानीय प्रहरीले पथ अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.