अवैध लागूऔषध सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 16 | 05:57 pm 1463

काठमाडौं, कात्तिक ३०: चन्द्रागिरी नगरपालिका २ वाण भञ्ज्याङबाट अवैध लागूऔषध चरेश ३ केजी ६ सय १४ ग्राम सहित मकवानपुर थाहा नगरपालिका ७ घर भएका २२ वर्षीय सम्शेर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा २२ प ५३२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.