अवैध लागूऔषध सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 27 | 06:47 pm 1965

तनहुँ, फागुन १५ : अवैध रुपमा ल्याएको लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका वडा नम्बर–७ भोर्लेका १९ वर्षीय अनिल बोहोरा रहेका छन् ।

उनलाई तनहूँ ब्यास नगरपालिका वडा नम्बर–४ भोर्लेटार चोक स्थित रत्नहरी अस्पताल अगाडी चौतारामा शंकास्पद रुपमा फेला परेको प्रहरीले बताए ।

शंकास्पद लागेर चेकजाँच गदाए बोहोराले साप्रामा टेपले बाधी पाईन्ट लगाएर लुकाई छिपाई लिई हिडेको अवस्थामा डाईजेपाम शिशी २० थान, नुर्फिन शिशी १५ थान र फेनारागन शिशी २० थान गरी जम्मा ५५ शिसी लागु औषध बरामद गरेको छ ।

उक्त लागु औषधसहित बोहोरालाई पक्राउ गरी लागु औषध मुद्धामा आजै अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.