अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 03 | 11:16 am 3495

कञ्चनपुर, कात्तिक १८ः साेमबार जिल्लाको दक्षिणी खुला सीमाक्षेत्र बेलौरी नगरपालिका- ६ भुराकाेटबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नपा- ६ का अन्दाजी ३० वर्षीय दिनेशकुमार बोट रहेका छन् ।

नेपाल भारत खुला सिमा क्षेत्रबाट ब्राउन सुगर लुकिछिपी नेपाल भित्र्याउँदै गरेको अवस्थामा उनलाई भन्सारनजिकै भुराकाेट क्षेत्रबाट ५० ग्राम लागू औषध (ब्राउन सुगर) सहित  पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।

खुला सिमाक्षेत्रमा हुने सक्ने चाेरी तस्करी, लागू औषध ओसारपसार एवम् अपराधिक गतिविधि नियन्त्रणका निमित्त बेलाैरी प्रहरी सुक्ष्म ढंगले खटिरहेकाे निरीक्षक खड्काकाे दावी छ । जस्तोसुकै परिस्थितिमा पनि जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आफू कटिबद्ध रहेको समेत उनले जिकिर गरे ।

पक्राउ परेका बाेटलाई थप अनुसन्धान गरि लागू औषध ऐन अन्तरगत मुद्दा चलाइने प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षकअमर बहादुर थापाकाे भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.