दाङ, असोज ५ः अवैध रुपमा ल्याएको लागूऔषध ब्राउनसुगरसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका ११ भट्टी टोलका ३५ वर्षीय महिन अन्सारी रहेका छन् ।
लमही नगरपालिका ९ अमिलियामा अवैध लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी टोली खटिई गाई पक्राउ गर्न सफल भएको हो ।
अन्सारीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर खानतलासी गर्दा उनले लगाएको खैरो बक्स पाइटको बायाँ तर्फको खल्तीमा सेतो प्लास्टिकमा दुई पोका बनाई राखेको फेला पारेको थियो ।
उक्त धुलो डिजिटल मेसिनमा राखी तौल गर्दा प्लास्टिकसहित ३ सय २५ ग्रामसहित पक्राउ गरी लागूऔषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको दाङ प्रहरीले जनाएको छ ।