अवैध लागूऔषध चरेससहित दुई भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 03 | 02:45 pm 2143

धादिङ, पुस १९ : अवैध रुपमा बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा धादिङको गजुरीबजारबाट आज बिहिबार २ सय ३५ किलो प्रतिबन्धित लागूऔषध चरेससहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको कन्टेनर ट्रकमा राखी लैजाँदै गरेको छ भन्ने सूचनाका आधारमा उक्त लागूऔषध चसेरसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिए ।

एचआर ३ एसएस ९३७१ नंको कन्टेनरमा लुकाई छिपाई लगेको चरेस सूचना पाउनसाथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटीएका प्रहरीले उक्त लागुऔषध पक्राउ गरेको हो ।

ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा ठूलो परिमाणको भएको पनि प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.