अवैध लागूऔषध चरेससहित एक महिला पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 29 | 12:16 pm 2353

धादिङ, चैत १५ : जिल्लाको दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरी गाउँपालिका–७ पेटारे निवासी ४५ वर्षीया सुकुमाया तामाङ रहेका छन् ।

तामाङको घरमा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । उक्त लागूऔषध उनको घर र गोठमा राखिएको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले छापा मार्दा चरेस १ सय १० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाँजा मिसिएको धुलो ३ सय ९० किलोग्राम, गाँजाको गेडासमेतको १ सय ९ किलोग्राम बरामद गरी सुकुमायालाई पक्राउ गरिएको प्रहरीले बताए । सुकुमायालाई प्रतिबन्धित लागुऔषधसम्बन्धी मुद्दा चलाउने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.