अवैध लागूऔषध गाँजासहित उदयपुरबाट तीन जना पक्राउ

| 2022 Feb 17 | 08:06 pm 2553

उदयपुर, फागुन ५ः जिल्लाकाे बेलका नगरपलिका-८ सिरुवानीस्थित सडकबाट करिब ४ सय केजी अवैध लागूऔषध गाँजा र नगद ६३ हजार २५ रुपैयाँ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका नगरपािलका ७ बस्ने २९ वर्षीय मनाेज राई र सुनसरी बराहक्षेत्र नगरपालिका १ बस्ने २३ वर्षीय मनिष धामी रहेका छन् ।

उक्त स्थानमा अवैध रुपमा लागूऔषध गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.