अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 10 | 02:39 pm 2118

ललितपुर, पुस २६ : अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने आभास कार्की रहेका छन् ।

ललितपुर महानगरपालिका–२९ हरिसिद्धिमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.