काठमाडाैं, बैशाख १६ः अवैध लागूऔषध गाँजा मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनकुटा सहिद भूमी गा.पा. वडा नं ०३ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी.न.पा. वडा नं.०५ टिकाथली बस्ने वर्ष २७ को खिल प्रसाद भन्ने खिरीलाल राई रहेका छन् ।
वादी नेपाल सरकार प्रतिवादी अजय राई समेत भएको लागू औषध (गाँजा) कसुर
मुद्दामा फरार रहेका प्रतिवादीहरु मध्येका उनलाई प्रहरी टोलिले मिति २०८०।०१।१५ गते
ललितपुर ईमाडोलबाट फेला पारी पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय, धनकुटा पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।