अवैध लागूऔषध कारोवारी प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Aug 20 | 04:21 pm 2446

दाङ, भदौ ४: ५० किलो अवैध लागूऔषध चरेश सहित घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने रुकुम पुछा उत्तरगंगा गाउँपालिका–१ काल्दुङ घर भएकी ३० वर्षीया रुपा घर्ती (पुन), रुकुम भुमे गाउँपालिका–२ बस्ने २७ वर्षीया सपना पुन मगर (बुढा) र ध्रुवजंग बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार गत भदौ १ गते लमही नगरपालिका–९ अमिलिया स्थित जंगलबाट रुकुम मुसिकोट नगरपालिका–११ बस्ने ४५ वर्षीय प्रेमबहादुर घर्ती र सल्यान दार्मा गाउँपालिका–५ बस्ने ३५ वर्षीय डिल्लीराज चन्दलाई १० किलो चरेश सहित पक्राउ गरी सोधपुछ गर्दा उक्त चरेश उनीहरुबाट खरिद गरी ल्याएको बताएका थिए । खोजतलास गर्ने क्रममा प्रहरीले उनीहरुलाई घोराही उपमहानगरपालिका–१५ रतनपुरबाट पक्राउ गरेको हो ।

उनीहरुले उक्त लागूऔषध चरेश अमिलिया जंगलमा लुकाई छिपाई राखेको बताएपछि खटिएको प्रहरी टोलीले ४ वटा बोरामा रहेको उक्त ५० किलो चरेश समेत बरामद गरेको छ ।

यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.