अवैध लागु औषध सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 27 | 06:49 pm 2007

तनहुँ, माघ १३ : अवैध रुपमा लागू औषध कारोबार गर्दै गरेकोे अवस्थामा दुई जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नम्बर–७ घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका वडा नम्बर–४ बस्ने ३३ वर्षिय लक्षमण दनुवार र चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१८ घर भई हाल पोखरा बस्ने ३० वर्षिय मिन बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई तनहुँ व्यास नगरपालिका वडा नम्बर–१२ घाँसीकुवा स्थित पृथ्वीराजमार्गमा आकस्मिक रुपमा चेकप्वाईन्ट खडा गरी सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको छ ।

बिहान ३ बजेको समयमा सुनौलीबाट पोखरा तर्फ आउदै गरेको लु १ ख ७१०५ नम्बरको बस र उक्त बसमा सवार रहेका ब्यक्तिहरुको शरिर खातनासली गर्ने क्रममा बसमा सवार मिन बहादुर तामाङले ज्याकेटको भित्र गोजीमा लुकाई राखेको अवस्थामा Diazepam शिशी थान ३०,Phenergan शिशी थान ३० र Noophin शिशी थान ३० गरी जम्मा ९० थान फेला परेको र भैरहवाबाट पोखरा तर्फ आउदै गरेको लु १ ख ६९२२ नम्बरको बसमा सवार ब्यक्तिहरुको शरिर खानतलासी गर्दा लक्षमण दनुवारले दुबै खुट्टाको साप्रोको भित्री भागमा राखी  ल्याएको अवस्थामाशिशी थान १५, एजभलभचनबल शिशी थान १५ र Noophin शिशी थान १५ गरी जम्मा ४५ थान लागू औषध फेला पारी पक्राउ गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकार दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.