अवैध रुपमा हुण्डीको कारोबारी गर्ने चार जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 06 | 06:25 pm 2659

काठमाडौं, पुस २१ः अवैध रुपमा हुण्डीको कारोबारी गर्ने चार जनालाई अपराध महाशाखाका प्रहरी टोलीले पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २४ ईन्द्रचोकका ४० वर्षीय गोपाल अग्रवाल, सिन्धुपाल्चोक मेलम्चीका ३१ वर्षीय भोला नेपाल, काठमाडौं महानगरपालिका १३ ताहचालका ३९ वर्षीय कमल अग्रवाल र सुनसरी धारान २ का ५३ वर्षीय नारायण कुमार अग्रवाल रहेका छन् ।

उनीहरुले काठमाडौं उपत्यका भित्र गैर कानूनी तवरले हुण्डीको कारोबार गरी राजस्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरीको टोलीले पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाको टोलीले उपत्यकाको न्यूरोडस्थित विभिन्न स्थानहरुमा छापामार्दा नगद, चेक रकम, विभिन्न बैंकका हस्ताक्षरगरी राखिएका चेकबुकहरु, ह्वाट्सएप र वीच्याटमा गरिएको हुण्डी कारोबार सहितका विवरण बरामद गरी उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.