अवैध रुपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद

| 2023 May 15 | 06:26 pm 1077

कपिलबस्तु, जेठ १ः जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटियाबाट साेमबार सशस्त्र प्रहरीले करीव १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलबस्तुले बरामद गरेको हो ।

यसैगरी सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट सशस्त्र प्रहरीले करिव ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्टस सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलबस्तुले बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.