अवैध रुपमा लुकाईछिपाई राखेको पटका बरामद

रिपोर्ट नेपाल | 2018 Oct 25 | 03:00 pm 3052

काठमाडौं, कात्तिक ८ :  तारकेश्वर नगरपालिका ८ लामबजारस्थित खटिएको प्रहरीक टोलीले अवैध ४० थान सुतली पटाका, २० थान रकेट पटाका, ४ पाकेट नक्कली पेस्तोलमा पड्काउने पटाका र १४ पाकेट झिरझिरे पटाका फेला पारी बरामद गरेको छ ।

धादिङ टारीबेशी गाउँपालिका ८ की ३६ वर्षीया गिता उपाध्यायले संचालन गरेको सुजना किराना स्टोरमा जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त पटका फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.