अवैध रुपमा लगाएको गाँजा खेति नष्ट

रिपोर्ट नेपाल | 2019 Jan 13 | 02:04 pm 2770

सप्तरी, पुस २९ : दुई दर्जन भन्दा बढी घरधुरीले लगाइएको लागूऔषध गाँजा खेती प्रहरीले नष्ट गरेका छन् । उक्त गाँजा खेती राजविराज नगरपालिका–१३ र १५ स्थित अवैध रुपमा ३० घरधुरीले बारीमा लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले करिब ७ सय ५० बोट गाँजा शनिबार बिहान फडानी गरी नष्ट पारेका छन् । फडानी गरेको गाँजाको बोटहरु संकल गरी स्थानीय मान्यजन तथा बुद्धिजीविहरुको रोहबरमा नष्ट गरिएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.