अवैध रकम पैँतीस लाखसहित दुई भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 07 | 07:04 am 2047

बाँके, फागुन २३ : स्रोत नखुलेको अवैध रकम ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेको अवस्थामा दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारी रहेका छन् ।

उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रंहरी टोलीले उक्त रकमसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।

उनीहरूले युपी ३२ ग ८२४४ नम्बरको भारतीय मोटरसाइकलमा घुम्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.