बारा, माघ २५ : अवैध रुपमा भारत तर्फ लैजादै गरेको सौफि नामक मदिरा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी थाना लखौरा ग्राम इनर्वा फुलबार वडा नम्बर–१३ का २६ वर्षीय नितेस यादव रहेका छन् ।
जिजे ०५ सीए ६८३८ नम्बरको स्कारपीयो गाडीमा सौफि (मदिरा) २८ बेरा राखी चोरी निकासी गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ । उक्त मदिराको मुल्य करिब ३३ हजार ६ सय पर्ने अनुमान गरेको छ ।
गाडी सहित पक्राउ परेका नितेस यादवलाई थप कारबाहीका लागि मुल भन्सार कार्यालय वीरगंज पठाइएको छ ।