अवैध भरुवा बन्दुक र गाँजासहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 18 | 12:45 pm 2685

मकवानपुर, चैत्र ४ : अवैध भरुवा बन्दुक र गाँजासहित राक्सिराङ गाउँपालिका–७ बाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार २० वर्षीय दीपसन भन्ने सर्गलाल प्रजाको घरबाट एक थान भरुवा बन्दुक, ७८ केजी गाँजा, सानो ब्याट्री तीनथान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, १ सय एमएलको आल्मुनियम बोतलमा बारुद र एकथान रोल पटका बरामद गरेको छ।

यसैगरी ४५ वर्षीय चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनकारी दिए। त्यस्तै ४५ केजी गाँजासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित भगलपुरका ३० वर्षीय विष्णकुमार शाह, ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार रहेका छन्। उनीहरुले डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कारमा फ्ल्स बनाएर हेटौँडाबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौँडा–१५ स्थित रातोमाटेमा चेकजाँच गर्दा पक्राउ गरेको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.