अवैध पटाका र रेडिमेड रक्सी वरामद

रिपोर्ट नेपाल | 2019 Nov 01 | 12:49 pm 1911

बारा, कात्तिक १५: अवैध रुपमा ल्याएका ठूलो मात्राको पटका प्रहरीले बरामद गरेको छ । बिहीबार प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं १० निलकण्ठवा स्थित सडक किनारमा भारतबाट अवैध रूपमा भित्राईएको अन्दाजी मुल्य १ लाख बराबरको बिभिन्न किसिमको पटका फेला पारी वरामद गरेको प्रहरीले जानकारी दिए ।

त्यसैगरी अवैध रुपमा कस्तुरी ब्राण्डका रक्सी बरामद पनि प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी अमृतगंज खजानी बाराबाट खटिएको प्रहरी टोलीले बारा सिम्रौनगढ नगरपालिका वडा नं १ भन्नटाबारीबाट बरामद गरेको हो ।

नेपाल भारत सिमानाकामा नेपालबाट भारत तर्फ निकासीको लागी लुकाई छिपाई राखेको अवस्थामा करिब ४५ हजार बराबरको ४४ कार्टुन कस्तुरी रक्सि र रक्सी लोड रहेको साईकल ५ थान समेत फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.