अवैध चुरोट र गोरु भन्सार पठाइयो

रिपोर्ट नेपाल | 2018 Jul 05 | 07:46 am 3583

इलाम,असार २१ : पछिल्लो समय मंगलबारेबाट कर छलिगरी विभिन्न सामान अवैध रुपमा सिमापारी लैजाने गिरोह सकृय भएको छ ।

नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको १२ कार्टुन चुरोट बुधबार प्रहरीले बरामद गरेको छ । प्राप्त समाचार अनुसार इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले चुरोट बरामद गरेको हो ।

नियन्त्रण गरिएको चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ ।

त्यस्तै, गत असार १८ गते राति १० बजे सूर्योदय नगरपालिका–३ बौद्धधामस्थित कच्ची सडकखण्डबाट चारवटा पिकअप गाडीमा लोड गरिएका २६ वटा गोरुसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अवैधरुपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ती टोलीले उक्त गोरु नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका गोरुसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.