अवैध चिनी लोड गरिएका  दुई वटा ट्रक नियन्त्रणमा

| 2022 Oct 19 | 01:49 pm 1209

पश्चिम नवलपरासी, कात्तिक २ः जिल्लाको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५
स्थित भैरहवा परासी राजमार्गबाट बुधबार करीव ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनी  सहित  दुई वटा ट्रक  सशस्त्र प्रहरिले नियन्त्रणमा  लिएको छ ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक  सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।

बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.