बारा, मंसिर ९ : आज बिहान करिब ९ बजे प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएका प्रहरी टोलीले ठूलो मात्रामा काठ पक्राउ गरेका छन् । बारा महागढिमाई नगरपालिका वडा नम्बर -९ गंजभवानीपुर गाँउ स्थित सडकमा अवैध विभिन्न जातका काठको गुलिया बरामद गरेको हो ।
उक्त काठ ना ६ त १८०३, ना ६ त १३०६, ना ७ त १६७५ र ना ३ त ६७७७ नम्बरको ट्रेक्टरहरुमा लोड गरी ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन् ।
बरामद गरिएका काठ सहित ट्रेक्टरहरु आवश्यक कारबाहीको लागि अस्थाई ईलाका वन कार्यालय कलैया बारामा बुझाइएको बताएका छन् ।