काठमाडौं, कात्तिक १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलर सहित एक चाइनिज नागरिक राहदानी नम्बर इडि ४८२९४७८ बाहक ERSHA लाई प्रहरीले पक्राउ गरेको छ ।
चाइना साउथिनको उडानद्वारा काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अबैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त डलर सहित प्रहरीले फेला पारी पक्राउ गरिएको बताएका छन् । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।