अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्वारमा सशस्त्र प्रहरीको सकृयता

| 2021 Sep 06 | 04:27 pm 1673

काठमाडौं, भदाै २१ः अविरल वर्षाको कारण भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ४ ईन्जिनियरिङ्ग कलेज नजिक मनहरा खोलाको पानी सुकुम्वासी बस्तीमा पसेर डुवानमा परेका करीव ७० घरपरिवारको सशस्त्र प्रहरीले सकशुल उद्वार गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण भक्तपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयतासाथ जुटेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका ८ गौरीघाटस्थित सुकुम्वासी बस्तीमा बागमती नदिको बहाव बढेर डुवानमा परेका करीव एक सय घरपरिवारको सशस्त्र प्रहरीले उद्वार गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण उपत्यकाबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।

यसैगरी काठमाडौ महानगरपालिका ११ थापाथलीस्थित सुकुम्वासी बस्तीमा बागमती नदिमा पानीको बहाव बढेर बस्तीमा पसेपछि डुवानमा परेकाहरुको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

यसैगरी काठमाडौ जिल्लाको काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित बागमती र विष्णुमती नदिको दोभानमा रहेको सुकुम्वासी वस्तीमा पानी पसेर डुवानमा परेका घरपरिवारको सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले उद्वार गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बागमती नदिमा पानीको बहाव बढेर सुकुम्वासी बस्तीमा पस्दा डुवानमा परेका करीव ६० घरपरिवारको सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले उद्वार गरेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण उपत्यकाबाट खटिएको सशस्त्र प्रहरीले काठमाडौं जिल्लाको कागेश्वरी नगरपालिका ७ हरहरमहादेवस्थित सुकुम्वासी बस्तीमा पानी पसेर डुवानमा परेका घरपरिवारको सामान तथा चौपाया सुरक्षित स्थानमा सारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.