अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ जना ट्राफिकको कारबाहीमा

| 2023 Aug 17 | 08:28 pm 3341

काठमाडौँ, साउन ३२ । किर्तिपुरमा बिहिबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका ४२ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

१ सय ३५ भन्दा बढी  सवारी साधनलाई  चेकिङ गर्दा ब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा  सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।

त्यस्ता सवारी साधनहरुमा पिकअप गाडि १७ ओटा, टाटासुमो १०, बस र हाइस ३/३ ओटा र अन्य सवारी साधन ९ ओटा रहेकाे जनाइएको छ ।

सवारी साधन मर्मत पश्‍चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने पनि जनाइएको छ ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.