अवरुद्ध सडक सूचारु गर्दै नेपाली सेना

रिपोर्ट नेपाल | 2021 Oct 29 | 06:32 pm 1905

प्युठान , कात्तिक १२ः विगत १ वर्षदेखि पहिरोका कारण अवरुद्ध रहेको सुलिचौर-अरेश-प्युठान सडकखण्ड पुन: सूचारु गराउन नेपाली सेना परिचालित भएको छ । जिल्ला प्रशासन कार्यालय, रोल्पा तथा सुनिल स्मृति गाँउपालिकाको पहलमा रोल्पा जिल्लामा तैनाथ नेपाली सेनाको श्री बटुकदल गणले मिति २०७८/०७/०७ गतेदेखि दैनिक रुपमा ब्लाष्टर टोली प्रयोग गरि उक्त सडकखण्डमा रहेको अवरोध हटाउन ब्लाष्टिङ्ग कार्य गरिरहेको बताइएकाे छ ।

सुनिल स्मृति गाँउपालिका वडा नं.४ स्थित सुलिचौर-अरेश-प्युठान सडकखण्डको धनचौर ईलाकामा पहिरो गई उक्त सडक अवरुद्ध हुंदा रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणहरुलाई यातायात तथा सामान ढुवानीमा कठिनाई हुनुका साथै लामो दुरीमा पैदल तथा वैकल्पिक बाटो प्रयोग गरि यात्रा गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको थियो भने सुत्केरी, बालबालिका, बृद्धबृद्धालगायत
बिरामीको उपचार गराउन लैजान समेत कठिनाई भईरहेको थियो ।

पहिरो सहित आएको ठूलो ढुंगाले सो सडक खण्डको करीब २० मिटर भागमा अवरोध सिर्जना गरेको हुँदा उक्त पहिरो तथा ढुंगा हटाई पुर्ण रुपमा सडक सुचारु हुन थप केहि समय लाग्ने जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.