अव शनिबार पनि श्रम स्वीकृती पाइने

| 2018 Nov 03 | 08:44 am 2740

काठमाडौँ, कात्तिक १७ : वैदेशिक रोजगारीमा जाने कामदारलाई आवश्यक पर्ने श्रम स्वीकृती अव शनिबार पनि दिइने भएको छ । वैदेशिक रोजगार विभागले जनाए अनुसार स्वीकृत लिनेको अत्यधिक चाप भएका कारण शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गरिने भएको छ ।

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चापलाई अलि खुकुलो बनाउनका लागि विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.