अर्लाङ्कोट सेवा समाज जापान द्वारा प्रेम व.वि.क.लाई आर्थिक सहयोग प्रदान

रिपोर्ट नेपाल | 2020 Jul 02 | 12:34 pm 2776

गुल्मी ,असार १९: गत जेष्ठ १८ गते गुल्मीको मुसिकोट न.पा.-९ दासिकोट पखरेबारीमा गोठमा परेको चट्याङ ले प्रेम व.वि.क.को १ भैसि मर्नुका साथै गोठ पूर्णरुपमा नष्ट हुदा त्यस भित्र रहेका खर पराल र दारपात समेत नष्ट हुदा करिब दुइ लाख बराबरको क्षति पुगेको थियो।

पारिवारिक आर्थिक अवस्था कमजोर महशुस गरि अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटले औचपारिक कार्यक्रम आयोजना गरि रु.५०,०००|-(पचास हजार)नगद  हस्तान्तरण गरेको छ।

संस्था का उपाध्यक्ष विश्वनाथ सापकोटाको अध्यक्षता ,मु.न.पा.-९ का वडा अध्यक्ष नरेशराज खरेलको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार कालिदास खरेलले गरेका थिए। सो कार्यक्रममा बोल्ने वक्ताले सेवा समाजले गरेको सहयोग को उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.