काठमाडौं, जेठ १९ : अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका चर्चित कप्तान लिओनेल मेसीले अर्जेनन्टिनालाई उपाधि नदिलाएसम्म सन्यास नलिने बताएका छन् ।
बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट पारे । उनले संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । ‘जब मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले संन्यास घोषणा गर्नेछु । हाल म प्रशिक्षण र खेल दुवैमा बाल्यकाल जस्तै रमाउन सकिरहेको छु,’ उनले भने ।
कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको समेत उनले बताए । ‘ म अर्जेन्टिनालाई केहि जिताएर मात्र संन्यास लिन चाहन्छु । हरेक पटक मेरो प्रयास राष्ट्रिय टोलीलाई केहि जिताउने हुनेछ ।’, मेसीले भने, ‘म अर्जेन्टिनी टोलीको सामान्य सदस्य हुँ । मैले अहिलेको प्रशिक्षकलाई पनि यसबारे प्रष्ट पारेको छु ।’
अर्जेन्टिनाले कोपा अमेरिकाअन्तर्गत समुह चरणको खेलमा लगातार फाइनलमा पराजित हुँदै आएको अर्जेन्टिना यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।